आजः १७ मंसिर २०८०, आईतवार

नागरिक उन्मुक्ति पार्टीको भाेलि देखि हुने भनिएकाे नेपाल बन्द फिर्ता

नागरिक उन्मुक्ति पार्टीकाे मिति २०८० / ०२ /०२ गते प्रकासित प्रेस विज्ञप्ति मार्फत घोषणा गरिएको जेष्ठ ६ गते देखि १० गते सम्मको नेपाल बन्द कार्यक्रम फिर्ता लिएको छ । नागरिक उन्मुक्ति पार्टीले आज एक बिज्ञप्ति जारी गर्दै नेपाल बन्द फिर्ता लिएको जानकारी गराएकाे हो ।

बिज्ञप्तिमा भनिएको छ सरकार पक्षबाट सम्मानिय प्रधानमन्त्री ज्यू द्वारा सदनमै “लाल आयोग” प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेवुल भैसकेको लगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भएपनि निकाल्ने प्रतिवद्धता संसदमै जाहेर गर्नुभएको हुंदा सरकार पक्षसंग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकोले प्रेस विज्ञप्तिमा आहवान गरिएको “नेपाल बन्द” कार्यक्रम अर्को सूचना नआउँदा सम्म स्थगित गरिएको नागरिक उन्मुक्ति पार्टीका बरिस्ठ उपाध्यक्ष दामोदर पण्डितद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।