आजः १४ जेष्ठ २०८०, आईतवार

लाईन्स क्लब साँफेबगरको अध्यक्षमा कृष्ण कुँवर सर्वसम्मत

अछाम : लाईन्स क्लब साँफेबगर अछामको नयाँ कार्यसमिती चयन भएको छ ।

 

बर्ष सन् २०२३ र २४ का लागि अध्यक्षमा कृष्ण कुवँर सर्वसम्मत निर्वाचित भएका हुन। भरत खड्काको अध्यक्षतामा शुक्रवार साँफेबगरमा सम्पन्न बैठकले बरिष्ठ उपाध्यक्षमा दिनेश कुवँर, द्धितिय उपाध्यक्षमा तेज बहादुर कुवँर, तृतिय उपाध्यक्षमा चेतराज कुवँर, सचिवमा पृथ्वी कुवँर, कोषाध्यक्षमा हिमाल कुवँरलाई निर्वाचित गरेको हो ।

यसैगरी सहकोषाध्यक्षमा मुकेश मिजार, सदस्य संयोजकमा हिक्मत कुवँर, सचेतकमा हेमराज कुवँर, जनसम्पर्क  अधिकारीमा धिराज कुवँर, सदस्य निर्देशकमा गंग कुवँर रहेका छन् । बैठकले बर्ष सन २०२३/२४ का लागि २९ सदस्यीय कार्यसमिति चयन गरेको हो।