आजः १३ जेष्ठ २०८०, शनिबार

भारतले २,००० को नोट नचलाउने

 

भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई नचलाउने निर्णय गरेको छ।


बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेका दुई हजारका नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको छ।देशभरका कुनै पनि बैंकहरुमा गएर नोट साट्न सकिने बताइएको छ। जसका लागी यहि मे २३ देखि सेप्टेम्बर ३० सम्म समय दिइएको छ। यस समय अवधीमा आफुसंग भएको नोट बैंकमा साट्न वा जम्मा गर्न सकिनेछ। एक पटकमा १० वटा दुई हजारका नोट साट्न पाइने छ।
यस अघि पनि ८ नोभेम्बर २०१६ को राती देखि ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाइएको थियो भने २ हजारको नोटलाई चलनचल्तीमा ल्याइएको थियो।