महिलाहरुको सामर्थ्यलाई पुरुषले सहजै स्विकार्दैनन: नगरप्रमुख शुसिला शाही
बेलाबखत राजनीतिमा महिला सहभागिताका बारे चर्को बहस चलेपनी उसो त अझै पनि नेपाली राजनीतिमा उच्च पद र सक्रियताका आधारमा औंलामा गन्न सकिने महिला नेतृहरु हुनुहुन्छ । महिलाले प्रभावकारी भुमिका खेल्न सक्दैनन, लैंगिक सहभागिताका नाममा सकेसम्म समानुपातिक कोटा वा उपप्रमुख जस्ता पदहरुमा अल्झन सके हुन्छ भन्ने क्रूरतालाई चुनौती दिदै ३२ बर्षको उमेरमै २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सुदुर पश्चिम प्रदेश सभा समानुपातिक उम्मेदवार र २०७९ को स्थानीय तहको निर्वाचनमा झन्डै एक दर्जन बढी पुरुष उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला लम्किचुहा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित नेतृ हुन शुसिला शाही। उनै नगरप्रमुख शाहीसंग हाम्रा सम्बादाताले गरेको छोटो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौ।
के मा ब्यास्त हुनुहुन्छ ?
देश अहिले आर्थिक बर्ष २०८०/८१ को बजेट निर्माणको पुर्ब सन्ध्यामा छ। लम्किचुहालाई समुन्नत बनाउन संघीय र प्रादेशिक बजेटमा हाम्रा योजनाहरुलाई कसरी समेट्न सकिन्छ भनेर लागिपरेका छौ। तेस्तै २०७९/८० का केही कामहरु अधुरा नछुटुन भन्ने हाम्रो उदेश्य हो। तसर्थ आर्थिक बर्ष सकिनै लाग्दा ढिलासुस्ती नहोस् भन्नेतिर अर्को दौडधुप छ।
नगर प्रमुखको रुपमा जनताले चुनेको पनि करिब एक बर्ष भयो । फर्केर हेर्दा यो एक बर्ष कार्यसम्पादनका हिसाबले कसरी मुल्यांकन गर्नुहुन्छ ?
यो त मैले भन्दा पनि जनताले मुल्यांकन गर्ने बिषय हो। मैले जिम्मेवारी सम्हाल्दै गर्दा पालिका झन्डै १५-२० करोड घाटामा थियो। निबर्तमान नगर प्रमुखले टेन्डर गरेका योजनाका लागी समेत बजेट थिएन । कार्यसमितिमा अल्पमतका बाबजुद पनि मैले आफुले सक्दो गरे । आउने आर्थिक बर्षबाट पालिकाको यो समस्या हट्नेछ र एउटा निश्चित गति लिनेछ। मलाई समस्यामा पार्न कहिलेकाही ल्याइने कृतिम हुन्डरी बारे तपाईंले पनि सुन्नु भएकै होला । यद्यपि जनताले मलाई आफ्नो अमुल्य मत दिएर जिम्मेवारी सुम्पेका छन तसर्थ यस्ता हुण्डरीले रत्तिभर बिचलित हुने छैन।
तपाईंले त प्रतिस्पर्धा बिना वडाका लागि मोटरसाइकल आफ्नो निजि स्वरुमबाट खरिद गर्नु भएछ नि ?
म नगर प्रमुख भैसकेपछी मेरो निजि व्यावसायबाट टाढा छु। वडाका लागि कुन सवारीसाधन कहाँबाट खरिद गर्नेभन्ने कुरा वडा अध्यक्ष ज्यु हरुको नितान्त निजि बिषय हो। लम्किचुहा नगरपालिकाका जस्तो स्थानीय तहका वडा अध्यक्षहरु निर्णय गर्ने कुरामा आफैमा सामर्थ्यवान हुनुहुन्छ । मैले जे गर भन्यो तेहि हुने अवस्था नै छैन। अब भन्नुहोस् यसमा मेरो के दोष ? एउटा मोटरसाइकलमा ७ हजार नाफा हुनेरहेछ। यदि म आफ्नो निजि स्वार्थलाई प्राथमिकता दिन्थे भने तपाईंले लम्की चौरहामा देख्नु भएको फ्लोड लाइटहरु निवर्तमान नगरप्रमुखका पालामा एघार लाखका दरले विभिन्न तीन ठाउमा ३३ लाख खर्चेर बनाइएका हुन। मैले त्यो काम झन्डै आधा बजेट अर्थात साडे छ लाखमा सम्पन्न गर्दैछु। जोकोहीले एउटा लाइटबाट करिब पाच लाख घोटाला गर्न सक्थ्यो। यसरी पाच सातवटा बाट मलाई ३०-३५ लाख आउथ्यो होला । गरिब परिवारले आफ्नो बालकका लागि किनेको लिटो र बृद्धले टेक्ने लौडी खरिद गर्दा तिरेको करबाट संकलित राजस्वको उत्कृष्ट प्रयोग गर्नु मेरो दायित्व हो र म मेरो आउने सन्ततिलाई कसरी समुन्नत समाज हस्तान्तरण गर्ने भन्ने कुरामा दृढ़ छु।
भनेपछि आरोप मिथ्या हो?
हाम्रो देश पुरुषप्रधान देश हो। यहाँ महिलाले नेतृत्व गरेको धेरैको चाहना नै छैन। भनिन्छ नि रणभुमीमा दुई जना छोराको साटो दुई जना आमा हुन्थे त तेहा युद्ध नै हुदैन थ्यो। देशका विभिन्न महिला र पुरुषले नेतृत्व गरेका पालिका हेर्नु होला । चियापान वा फजुल खर्चमा महिलाले नेतृत्व गरेका स्थानीय तहहरु तुलनात्मकरुपमा किफायती होलान् ।
तपाईंको अर्थ पुरुषको तुलनामा महिलालाई नेतृत्व गर्न यो समाजले असजिलो बनाएको छ?
एक हदसम्म तपाईंले बुझ्नु भएको सहि हो। महिलाका लागि आवाज उठाइदिने पनि पुरुषहरु छन तर अधिकांशहरु महिलाको सामर्थ्यलाई सहजै स्विकार्दैनन। विभिन्न आरोपप्रत्यारोपको लेपनले आनुहारमा होस वा इज्जतमा दाग लगाउने असफल घटिया चरीत्र प्रदर्शन गर्छन् । तपाईंले बिचार गर्नु भएको छ; प्रचण्डलाई राम्रो भन्नेहरू राम्रो गर्दागर्दै पनि उनैको छोरी रेणु दाहाललाई स्विकार्दैनन, गिरिजा बाबू ठिक भन्नेहरु उनैको छोरी सुजाता माथी प्रश्न गर्छन। शेर बहादुर देउवा ठिक हुने, अन्तर्राष्ट्रिय परिचय बनाएकी तथा बिद्याबारिधी गरेकी डा. आर्जु राणा कसरी बेठिक हुने? अझ तपाईंले डा. बाबुराम भट्टराईलाई सफल भन्नेहरूको मुखबाट हिसिला यामिलाई एसिया कै भ्रष्ट नेतृ भनेको पनि सुन्नु भएकै होला। आज हेर्नुस् त एसिया कै भ्रष्ट भनिएकीसंग के छ? यो सरासर लैङ्गिक दृष्टिदोष हो।
उसो भए महिला नेतृलाई भौतिक बिकाशका साथै समाजको मानसिक बिकासका निम्ति पनि संघर्ष गर्नुपर्ने अवस्था छ?
लैङ्गिक विभेद एक्काइसौं शताब्दीकै कुरुप दाग हो। यो महिला नेतृको मात्रै दायित्व होइन। सबैको इफोटले मात्रै हो दाग हटाउन सम्भव छ।
अन्तमा के भन्नू हुन्छ ?
लम्किचुहा नगरपालिका दुई जना नारिले हाकेको स्थानीय तह हो। यो अवसर दिने लम्किचुहाबासी सम्पुर्णलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु। लम्किचुहाबासीले मलाई यति धेरै बिश्वास गर्नु भएको छ। कमाउनु पर्ने केही छैन। श्रीमान सरकारी जागिरे हुनुहुन्छ। बुढेसकालमा पेन्सनको साथ छदै हुनेछ। मरेर लैजानुपर्ने पनि केही छैन। छ त छोडेर जानुपर्ने कर्म मात्रै । मेरो राम्रो कर्मले मेरो देहावसान पछि यसै ठाउमा मेरा सालिक बन्ने सामर्थ्य राख्लान तसर्थ म मेरो देहावसान पछिको समाजलाई सालिक संग गाली साट्ने अवसर कदापि दिने छैन। फरक कुराकानी भयो, कुरा राख्ने अवसर दिनुभएकोमा तपाईंलाई पनि धन्यवाद ।