आजः १३ जेष्ठ २०८०, शनिबार

सुदुर पश्चिम प्रदेश सरकार बिस्तार

लामो समयदेखि पुर्णता नपाएको सुदुर पश्चिम प्रदेस सरकारले करिबकरिब पुर्णता पाएको छ।

नेपाली कांग्रेसका तर्फबाट माननीय कमलबहादुर शाह मुख्यमन्त्री रहेको सुदुर पश्चिम प्रदेश सरकार आज बिस्तार भएको छ। उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक बिकास मन्त्रीमा झपट साउँद, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पृथ्वी सिहं र उधोग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्रीमा गिता माललाई जिम्मेवारी दिइएको छ।

आर्थिक मामिला र भौतिक पुर्बाधार विकास मन्त्रालय यश अघि नै क्रमशः एकीकृत समाजवादी तर्फका माननीय नरेशकुमार शाही र नेपाली कांग्रेस तर्फका माननीय प्रकाश देउवालाई जिम्मेवारी तोकिएको थियो ।  सुदुर पश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेको छ । अब सरकारको पुर्णताका लागी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी बाडफाड हुन बाकी छ।