आजः १६ आश्विन २०८०, मंगलवार

नेकपा एस ढकारी गाउँकमिटीले ढकारी गाउँपालिकालाई सुझाव सहितको ज्ञापन पत्र बुझायो

नेकपा एकीकृत समाजबादी ढकारी गाउँपालिका गाउँकमिटीले ढकारी गाउँपालिकालाई आ.व २०८०÷८१ को बजेट बिनियोजनमा सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एकीकृत समाजबादी ढकारी गाउँपालिका गाउँकमिटीका अध्यक्ष दिल बहादुर थापाद्धारा हस्ताक्षरित सुझाव सहितको ज्ञापन पत्रमा ढकारी गाउँपालिकाको समग्र बिकास निमार्ण र सामाजिक बिकास शिक्षा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्ने उल्लेख गरिएको छ ।

नेकपा एकीकृत समाजबादी अछाम जिल्ला कार्यसमिति सचिव नवराज साउँद,नेकपा नेकपा एकीकृत समाजबादी ढकारी गाउँपालिका गाउँकमिटीका अध्यक्ष दिल बहादुर थापा र नेकपा एकीकृत समाजबादी ढकारी गाउँपालिका गाउँकमिटीका सचिव पुर्ण बिष्टको टोलीले उक्त सुझाव सहितको ज्ञापन पत्र ढकारी गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर साउँदलाई बुझाएको हो । ज्ञापन पत्र बुझ्दै ढकारी गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर साउँदले आ.व २०८०÷८१ को नीति तथा कार्यक्रमको पूर्वसन्ध्यामा ढकारी गाउँपालिकाका राजनीतिक दल समाजसेवी सबैका सल्लाह सुझाव अनुसार गर्ने बताउनु भयो ।