आजः १७ मंसिर २०८०, आईतवार

आ.व २०८०/८१ को निति तथा कार्यक्रम जनताका आवश्यकताका आधारमा ल्याउने छु ः अध्यक्ष साउँद

ढकारी गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर साउँदले आ.व २०८०/८१ को निति तथा कार्यक्रम जनताका आवश्यकताका आधारमा ल्याउने बताउनु भयो । ढकारी गाउँपालिका वडा नं. ७ को ७ औं वडा परिषदमा प्रमुख अथितिको आसनबाट बोल्दै अध्यक्ष साउँदले ढकारी बासीको समस्यालाई मध्यनजर गरि बजेट बिनियोजन गर्ने बताउनु भयो । ढकारी गाउँपालिकाको खानेपानीलाई मध्यनजर गर्दै पालिका स्तरिय खानेपानी तथा सरसफाई समिति बनाएर समग्र पालिकाको खाने पानीको समस्या समाधान गर्ने बताउनु भयो ।

ढकारी गाउँपालिका वडा नं. ७ को वडा परिषद सम्पन्न भएको छ । ढकारी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा भएको परिषदका प्रमुख अथिति ढकारी गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर साउँद रहनु भएको थियो । भने बिशिष्ट अथितिमा जिल्ला समन्वय समितिका सदस्य द्धारिका प्रसाद उपाध्याय र ढकारी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कर्ण बहादुर साउँद रहनु भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सदस्य कार्यक्रमका बिशिष्ट अथिति द्धारिका प्रसाद उपाध्यायले ढकारी गाउँपालिका वडा नं. ७ को समग्र बिकासका लागि वडा वासी सम्पूर्ण राजनितिक दल मिलेर जानु पर्ने बताउनु भयो ।

कार्यक्रममा किसान महासंघका केन्द्रिय सदस्य नेत्र बहादुर शाही,नेकपा एसका जिल्ला सदस्य एव्म ढकारी गाउँपालिका इन्चार्ज दिल बहादुर थापा,नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य धर्मेन्द्र बि सी,नेपाली काग्रेंस ढकारी गाउँपालिका वडा नं. ६ का वडा सभापति खगेन्द्र थापा,नेकपा एसका वडा अध्यक्ष,रुद्र थापा, बिब्यस अध्यक्षहरुको तर्फबाट चन्द्र थापा लगाएतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । ढकारी गाउँपालिका वडा नं. ७ का वडा सदस्य उज्जले थापाको स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन वडा सचिव दिनेश साउँदले गर्नु भएको थियो ।