आजः १६ आश्विन २०८०, मंगलवार

अछामको तल्लाे भैसले बाट नेबिसंघकाे पहिलाे केन्द्रीय सदस्यमा दिपक जंग शाहि मनाेनित

नेपाली काङ्ग्रेसकाे भातृ संगठन नेपाल बिद्यार्थी संघ (नेबिसंघ)काे केन्द्रीय सदस्यमा दिपक जंग शाही मनाेनित भएका छन । नेविसंघकाे राजनीतिमा लामाे समय संघर्ष गरेका अछाम जिल्ला ढकारी गाउँपालिका २ का दिपक जंग शाहीले नेपाल बिद्यार्थी संघको  राजनीति  काठमाडौंको पशुपति क्याम्पसबाट सुरू गरेरका थिए । लामो  समय सम्म बिद्यार्थी राजनिती गर्दै बिद्यार्थीका हक अधिकारका लागि विभिन्न आन्दोलनमा नेतृत्व गरेका शाहीले उमेर हतबन्दिका कारणले पशुपति क्याम्पकाे स्वबियु सभापतिकाे उम्मेदवार भन्नबाट राेकिएका थिए ।