आजः १६ आश्विन २०८०, मंगलवार

राष्ट्रिय सभा बैठकमा पनि एमालेको अवरोध

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रिय सभाको बुधबारको बैठक पनि अवरुद्ध गरेको छ । एमालेका सांसदहरूले राष्ट्रिय सभाको बैठकको कार्यसूचीमा प्रवेश गर्ने क्रममा सिटबाट उभिएर अवरुद्ध गरेका हुन् ।

राष्ट्रिय सभामा सांसदहरू सिटबाट उभिएपछि कार्यसूची अगाडि नबढाउने अभ्यास छ । एमालेले बुधबार प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो । प्रतिनिधिसभामा भने एमालेका सांसदहरू वेलमा गएर नाराबाजी गरेका थिए ।

साउन २ मा राजश्व विभागले क्विन्टल सुन बरामद गरेको विषयमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ । उसले प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरू साउन १० यता चल्न दिएको छैन ।

राष्ट्रिय सभाको बैठकमा एमाले सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाएका थिए । उनले भने, ुहाम्रो संसद् अवरुद्ध पार्ने कुनै मनसाय छैन । तर, सरकार सुन तस्करी छानबिनका लागि तयार हुनुपर्छ । देश र जनताको हीतका लागि त्यो छानविन समिति आवश्यक छ । हामीलाई यो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै गम्भीर आशंका छ । त्यसैले छानबिन समिति गठन गर्ने माग गर्नु परेको हो । तर, सरकार डराइरहेको छ ।’

एमाले सांसद विमला पौड्याल राईले प्रतिपक्षको माग पूरा गरेर संसद् चलाउनुपर्ने बताइन् । उनले भनिन्, ुसरकारको काम सदनलाई उपयुक्त बिजनेस दिनु हो। सदनमा प्रतिपक्षको कुनै माग हुन्छ भने त्यो प्रतिपक्षसँग बसेर, कुरा सुनेर, माग पूरा गरेर सदनलाई अगाडि बढ्न दिनुपर्‍यो । प्रतिपक्षले विश्वास गरेको छैन भने उच्चस्तरीय समिति गठन गरे सरकारलाई घाटा नहुने उनको तर्क थियो ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले भने संसद् बैठक अवरुद्ध गर्दा जनसरोकारका विषयमा छलफल हुन नसकेको बताए । संसद् अवरोधको औचित्य पुष्टि गर्न नसक्ने हुनाले एमालेले संसद अवरोध गर्न नहुने उनको भनाइ थियो । सुन तस्करीको छानबिन माग गरेर संसद् अवरुद्ध पार्ने काम गर्नुको कुनै तुक नरहेको बताउँदै उनले राजनीतिक पूर्वाग्रह साँधेर एमालेले संसद् बैठक अवरुद्ध पारिरहेको बताए । ुराजनीतिक आग्रह पूर्वाग्रह राखेर संसद् अवरोध भएको हो रु वा पुराना आदत, संस्कार र पुराना रुचि परेका परम्पराहरूले काम गरेर यो संसद् अवरोध गर्न खोजिएको हो रु यसको उत्तर जनताले चाहेका छन् । किनकी यो संसद् सार्वभौम प्रतिपक्षको मात्रै होइन । यो सार्वभौम संसद् सबै निर्वाचित भएर आएका सांसदहरूको हो,ु उनले भने, ुआफ्ना कुरा, जनताका कुरा, जनताका आवाज उठाउने सबै सांसदहरूको हक छ, अधिकार छ ।ु

राष्ट्रिय सभाको बैठक साउन २६ गते शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।