जनजीवीकाका सवालमा काम गर्न केन्द्रिय सदस्य भट्टको कार्यक्रतालाई आग्रह

केन्द्रीय सदस्य भट्टले मेल्लेखका जनताको दुख भनेको आफ्नो दुख भएकाले मेल्लेखको समग्र बिकासका लागि केन्द्र र प्रदेश सरकार सङ्ग आग्रह गर्ने बताइन । उने मेल्लेख गाउपालिका सम्भावना बोकेको पालिका भएकाले बिकास निमार्णका बिषय सम्बन्धित निकायमा आवाज उठाउन पनि अनुरोध गरिन ।
एक फरक प्रसङ्गमा बोल्दै उनले अछाम जिल्ला अदालतमा चलिरहेको एक मुद्धाका बिषयमा नेपाली कांग्रेस पञ्चदेवल बिनायकका नगर सभापति सज्जन बहादुर शाही अछाम जिल्ला अदालतबाट पुर्पक्षका लागि धरौटीमा छुटेको बिषयलाई लिएर पाटी सभापति शेरबहादुर देउवा र आफ्नो नाम जोडेर केहि ब्याक्तीहरुले अतिरञ्जित सामाग्री सामाजिक संजालमा राखेको विषय प्रति गम्भीर आपति भएको बताएकी छन ।
उनेले आफू र आफ्नो पाटी दोषीलाई कारबाही र निर्दोष नफसुन भन्नेमा दृढ़ संकल्पित रहेको बताउदै न्यायपालिकाले गरेको निर्णय र आदेश प्रति सम्मान गर्न पनि आग्रह गरिन । उनले शान्ति चाहाने पार्टी कांग्रेस भएकाले सान्त बसेको बाघलाइ नजिस्काउन चेतावनी समेत दिइन ।
नेपाली कांग्रेस केन्द्रिय परिपत्र बमोजिम नेपाली कांग्रेस विशेष आन्तरिक अभियान अछाम जिल्लाका स्थानीय तहहरुमा जारी रहेको छ । गाउँपालिका कार्यसमिती आयोजित कार्यक्रममा संगठनलाई कसरी सुदृढ र मजबुत बनाउन सकिन्छ भन्नेमा जिल्लाका विभिन्न तहमा रहेका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस अछामका कार्यबाहक सभापती नयाँ राम बजगाइ, प्रदेश सदस्य अनुराधा स्वार, रुपा आउजी,महासमिती सदस्य भगवती खनाल, महाधिबेसन प्रतिनिधि अप्सरा कुवर ,जिल्ला सचिब टक्कर ब शाह, कोषाध्यक्ष बल बहादुर साउद, पाटी प्रवक्ता पदम बहादुर शाह, क्षेत्रीय सभापती कृष्ण ब बुढा जिल्ला कार्यसमिति सदस्य जनकराज भन्डारी गोकुल भाट, सुरत कुवर, राम बहादुर कुवर, बिमला कार्की मगर, प्रदेश सभा क का सभापती महेश खडका, पदम बहादुर खडका, नेबिसघ सभापति खेमराज खडका लगायत्ले मन्तब्य राखेका थिए ।