२८ औं सहास दिवस अछाममा पनि मनाइयो
सहयोगी हातहरुको समुह सहास नेपाल एकिकृत सामुदायीक बिकास मार्फत ग्रामिण समुदायको सेवा गर्दै आएको संस्थाले बिभिन्न कार्यक्रम गर्दै २८ औ स्थापना दिवस भब्यताका साथ मनाएको छ ।
गैरसरकारी संस्था सहास नेपाल ललितपुर जिल्लामा दर्ता भई ओखलढुङ्गा जिल्लावाट सुरु भएको कार्य यात्रा निरन्तर रुपमा
उदयपुर, ललितपुर, धादिङ, गोर्खा, तनहुँ, दैलेख, कालिकोट, मुगु बाजुरा,अछाम लगाएतका जिल्लामा कार्यक्रमहरु गर्दै आएको छ ।
अछाम जिल्लामा बिगत एक वर्ष देखि स्थानीय प्रयासमा खाद्य सुरक्षा रुपान्तरण परियोजना (LIFT)सुरु गरेको कार्यक्रम परियोजना संयोजक अम्बर थापाले बताउनु भयो । वार्षिक उत्सवको अवसरमा सहास नेपाल ढकारी शाखाले आयोजना गरेको कार्यक्रम अधिकृत अस्मिता घिमिरेले बिपन्न नागरिकको जीवनस्तर उकास्ने र जिविकोपार्जनमा सहज बनाउने उदश्यले Bread for the world Germany संगको सहकार्यमा देशका बिभिन्न जिल्लाहरुमा लागु भएको जानकारी गराउनु भयो ।
२८ औं वार्षिक उत्सव कार्यक्रममा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर साउँदले सहास नेपालले गरेका हरेक कार्यक्रममा साथ र सहयो गर्ने बताउनु भयो । अध्यक्ष साउँदले आफू कृषकका समस्या समाधान गर्न र ढकारी गाउँपालिकाका कृर्षकले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्नका लागि ढकारी गाउँपालिका र सहास नेपालको सहकार्यमा कृषि संकलन केन्द्रको स्थापना भएको बताउनु भयो । स्थानीय प्रयासमा खाद्य सुरक्षा रुपान्तरण परियोजना (LIFT)ढकारी शाखाका प्राबिधिक मिना राईले संचालन गरेको कार्यक्रममा ढकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक नारायण पोपरेल ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देवि शाही ढकार िगाउँपालिकबा वडा नं. १ का वडा अध्यक्ष उमा बुढा लगाएतको सहभागिता रहेको थियो ।