आजः १६ फाल्गुन २०८०, बुधबार

प्रधानमन्त्रीले ४ असोजमा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई ४ असोजमा सम्बोधन गर्ने भएका छन् ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ३० भदौमा अमेरिका जाने तय भएको छ ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरले लगायत छन् ।

प्रधानमन्त्री प्रचण्डले ४ असोजमा राष्ट्रसंघीय महासभालाए सम्बोधन गर्नेछन् । उनले अरु कार्यक्रममा पनि सहभागी हुनसका साथै विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्नेछन् ।


अमेरिकी राष्ट्रपति जो बोइडेनले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड ५ असोजमा न्यूयोर्कबाट चीन जाने छन् ।