कैलालीमा सवारी ज्यान मुद्दा बढ्दै, यस्तो छ सजायको कानुनी व्यवस्था
धनगढीः कैलालीमा पछिल्लो समय सवारी ज्यान मुद्दा बढ्दो क्रममा देखिएको छ। सवारी ज्यान, सवारी अंगभंग र सवारी भबितव्य गरी ती प्रकारका मुद्दा प्रहरीमा दर्ता हुँदै आएका छन्। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा २ मा चालकले लापरबाही गरी सवारी चलाउँदा दुर्घटना भए ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
सोही दफाको उपदफा ३ मा सवारी दुर्घटना हुँदा ९चालकको लापरबाहीबिनै० कसैको ज्यान गए चालकलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ। कैलालीमा आर्थिक वर्ष २०७९र८० मा सवारी ज्यान अन्तर्गत ५५ मुद्दा दर्ता भएको देखिएको छ।
सवारी अंगभंगमा तीन र सवारी भबितव्यमा २५ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकले देखाएको छ। सवारी ज्यान अन्तर्गत आर्थिक वर्ष २०७८र७९ मा ६९, सवारी अंगभंगमा पाँच तथा सवारी भबितव्यमा १८ मुद्दा दर्ता भएका छन्। त्यस्तै आर्थिक वर्ष २०७७र७८ मा सवारी ज्यानमा ५७ तथा सवारी अंगभंगमा पाँच मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ।
लाइसेन्स नभएको व्यक्तिले सवारी चलाए, मादक पदार्थ वा अन्य कुनै लागूऔषध सेवन गरी चलाए, वान वेमा गएर वा गाडी लैजान नमिल्ने स्थानमा गएर दुर्घटना गराए, अत्यन्त तीव्र गतिमा चलाए, गलत दिशामा पु¥याएर ठक्कर दिए, जेब्रा क्रसमा पैदल यात्रुलाई ठक्कर दिए, सवारीसाधन नियन्त्रणमा लिन नसक्ने गरी बिग्रेको अवस्थामा चलाएर दुर्घटना गराए र त्यसबाट ज्यान गए चालकको लापरबाही मानिन्छ।
जिल्लाभित्र सवारी ज्यान, सवारी अंगभंग र सवारी भबितव्य सम्वन्धिका मुद्दा प्रहरीमा दर्ता भएका छन्। गत वर्ष सवारी ज्यान अन्तर्गत ५५ मुद्दा दर्ता भएकोमा ती सबै मुद्दा फस्र्यौट भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।#दिनेश खबरबाट