आजः १६ फाल्गुन २०८०, बुधबार

५ महिने गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार

अछामको ढकारी गाउँपालिका ७ की ३४ वर्षिया कलधरी थापाको नेपाली सेनाको हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत उद्धार गरिएको छ । ढकारी गाउँपालिका वडा नं. ७ निवासी कलधरी थापा सोमवार घासकाट्न नजिकैको जंगल गएको र साझ घर नफर्किदा परिवारले जंगलमा खोजेका थिए ।

५ महिनाकी गर्भवती थापा मंगलवार बिहान ७ बजे जंगलमा अचेत अवस्थामा भेटिएकी थिइन उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विभिन्न निकायको पहलमा थप उपचारका लागी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय गर्भवती महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।