आजः १६ फाल्गुन २०८०, बुधबार

ढकारीका क्यान्सर पिडित नवराजको उपचारमा समस्या, सहयोगका लागि अपिल

काठमाडौँ । अछाको ढकारी गाउँपालिका–१ निवासी ३० वर्षीय युवक ब्लड क्यान्सर भएर जीवन र मृत्युसँग लडिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका नवराज बुढा केही समय पहिले चितवन आएका थिए । आर्थिक अभावका कारण अहिले उनको उपचारमा समस्या भइरहेको छ ।

उनी उपचारका लागि क्यान्सर अस्पताल चितवनमा भर्ना भए । उपचारकै क्रममा उनीसँग भएको सबै रकम सकियो । पढ–लेख समेत नगरेका नवराज गाउँमा सामान्य खेतिपाती गर्दै आएका थिए । कहिलेकाहीँ उनी रोजगारीको सिलसिलामा भारत जान्थे ।

तर, ब्लड क्यान्सर भएपछि उनको परिवारको आर्थिक उपार्जनको सबै बाटो बन्द भयो। उनकी श्रीमती गीता चिन्तामा छिन् । श्रीमानको उपचारसँगै पाँच वर्ष नकटेका दुई सन्तानलाई स्कुल कसरी पढाउने भन्ने चिन्ताले गीतालाई पिरोल्न थालेको छ ।

नवराजकी श्रीमतिले गहभरी आँसु झार्दै भनिन्, “श्रीमानको उपचार गर्दा-गर्दै सबै पैसा सकियो । तर, पनि उपचार पुरा हुन् सकेन् । ‘माग्ने ठाउँमा पनि मागि सक्यौं । माग्ने ठाउँ पनि बाकीँ रहेन् ।’ अब भगवानलाई पुकार्नुबाहेक हामीसँग कुनै बिकल्प छैन । त्यसैले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीले सकेको सहयोग गरेर मेरो सिन्दूरको रक्षा गरिदिन आग्रह गदर्छु।”

उपचारका लागि पैसा सकिएपछि नवराज घर फर्किएका छन् । उनी यतिबेला गाउँमा सरसापट गर्दै उपचारका लागी रकम जुटाइरहेका छन्। तर, सक्ने जति सबैले सहयोग गरिसकेकाले अब उनको माग्ने ठाउँ पनि छैन ।

नवराजले भने, “म त आर्थिक अभावमा उपचार नपाएरै मर्छु जस्तो लाग्न थालेको छ । श्रीमती र साना सन्तानको अनुहारमा मात्र मन घुमिरहेको हुन्छ । मलाई केही भइहाल्यो भने उनीहरू कसरी बाच्लान्न? कसरी जीवन चलाउलान् भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ ।”

उनले आफ्नो जीवन बचाइदिन सबैलाई आग्रह गरे । त्यसका लागि अछामको ढकारीस्थित सिटिजन बैंकको आफ्नो नवराज बुढा (Navaraj budha) नामक “0790100000121010” खातामा रकम जम्मा गरिदिन आग्रह गरेका छन् । उनले त्यसरी प्राप्त भएको सहयोगले आफ्नो जीवन बाच्ने र सहयोगीहरूप्रति कृतज्ञता ज्ञापन गर्ने बताएका छन् । उनको मोवाइल नम्बर ‘9845967186’ मा सम्पर्क गरेर समेत सहयोग गर्न सकिने छ ।