आजः २०७७ कार्तिक ५, बुधबार

मनोनित पत्र आएको दुई साता भित्रै युवा सजगता कर्णाली प्रदेश संयोजक बिष्टसको राजिनामा

दैलेख‍-“युवा सजगताकाे जिम्मेवारी नरहेको खुलासा गर्दै राजिनामा “युवा सजगता अभियानका केन्द्रीय अध्यक्ष चिन्तन पाैडेलवाट विभिन्न प्रदेशमा कार्य समिति विस्तार गर्ने क्रममा यहि भाद्र ५ गते कर्णाली प्रदेश संयोजकको जिम्मेवारी नेपाल बिध्यार्थि सङ्घका निवर्तमान केन्द्रीय सह-महामन्त्री,नेपाली काङ्ग्रेस दैलेखका युवानेता ईश्वर वहादुर बिष्टलाई मनाेनित गरिएकोमा अाफ्नाे कार्यब्यस्तता र पार्टीको जिम्मेवारी का कारण याे सामाजिक सस्थामा रहि काम गर्न नसक्ने जानकारी गराउदै असहमति एवं राजिनामा पत्र सार्वजनिक गर्नु भएकाे छ |

उहाँको भनाइ अनुसार हामी विधि बिधान प्रकियाकाे कुरा गर्ने पार्टीका भार्तृ भगेनि सङ्गठनलाई अा-अाफ्नाे गुटकाे खल्तीमा राखेर हजारौं युवालाई नेपाली काङ्ग्रेस काे नेतृत्वले बिचरकाे बन्दी बनाईरहेकाे परिस्थितिमा यसरी सामाजिक सस्था लाई अाधर वनाएर नेका पार्टीलाई समेत वाेधार्थ ताेकेर प्रत्येक जिल्ला एवं विभिन्न तहमा सङ्गठन जस्तै विस्तार गर्नुले हामी कतातिर गईरहेका छाै याे चिन्ताको बिषय हाे।

तसर्थ एक सचेत नागरिक र युवा काङ्ग्रेसकाे हैसियतले साथै अाफ्नाे कार्य ब्यस्ताता का कारण याे सस्थामा रहेर काम गर्न असमर्थ रहेकाे खुलासा गरेर उहाँले राजिनामा गरेकाे कुरा हामीलाई जानकारी गराउनु भयाे । युवा सजगता अभियानका केन्द्रिय अध्यक्ष चिन्तन पौडेलद्धारा हस्ताक्षरित मनोनित पत्र आएको दुई साता भित्रै कर्णाली प्रदेश संयोजक बिष्टले राजिनामा दिनु भएको छ ।

आफू यस संस्थामा रहेर संस्थाले चाहे जति समय दिन नसक्ने र आफ्नो बिभिन्न जिम्मेवारी र कार्य ब्यस्तताका कारण आफु यस कार्यसमितिका रहि कार्य गर्न असम्भव भएकोले अरु कसैलाई जिम्मेवारी दिएमा अभियान संस्थाको हितमा हुने संयोजक बिष्टको राजिनामा उल्लेख गरिएको छ।यसरी विभिन्न सस्था दर्ता गरि वा अभियानका रुपमा पार्टी महाधिवेशनकाे मिति तय भए सङ्गै यी यस्तै विभिन्न सस्था देशभरि नाम मनाेनित गर्ने हाेडवाजिमा तल्लीन रहेका वेला याे राजिनामा वा असहमति पत्रलाई चासोका रुपमा हेरिएकाे छ।