आजः २०७७ कार्तिक ५, बुधबार

युवा जागरण सजगता अभियानको सुदूरपश्चिम प्रदेश समिति गठन सचिवमा धर्मेन्द्र बि सी चयन

 

बसन्ती शाही

अछाम-युवा जागरण (सजगता) अभियानको प्रदेश सचिवमा धर्मेन्द्र बि सीलाई नियुक्त गरिएको छ । युवा जागरण (सजगता) अभियानको संगठन विस्तार अभियान अन्र्तगत सुदूरपश्चिम प्रदेश कार्यसमिति गठन गरिएको छ । सोमवार सुदूरपश्चिम प्रदेश कार्यसमिति गठन गरिएको सुदूरपश्चिम प्रदेश संयोजक भुवन भट्टले बताउनु । सुदूरपश्चिम प्रदेश कार्य समितिको सह–सचिवमा अर्जुन पाण्डे, ( बाजुरा ) नियुक्त हुनु भएको छ ।त्यस्तै सदस्यहरुमा गणेश भण्डारीे –कैलाली), राकेश पाण्डे (कंचनपुर), लोचन कार्की (कंचनपुर) आशा जोशी डडेल्धुरा,महेश जैशी अछाम,र भागिरथी भट्ट बैतडी लाई चयन गरिएको अभियानका सुदूरपश्चिम प्रदेश संयोजक भट्टले जानकारी दिनु भयो ।युवा जागरण (सजगता) अभियानले संगठन विस्तार अभियानलाई तिब्रता दिइरहेको छ । संगठन विस्तारको क्रममा नीति, योजना तथा कार्यक्रम सञ्चालनको लागि प्रदेश कार्यसमिति गठन गरिएको अभियानले जनाएको छ । सामाजिक विकास बाट नै राष्ट्रको उन्नती सम्भव छ भन्ने उदेश्यका साथ अभियान सञ्चालनमा आइरहेको अभियानका संयोजक चिन्तन पौडेलले बताउनु भयो । ‘युवामा भएको राजनीतिप्रतिको वितृष्णा कम गराउने, स्वदेशमै रोजगारीको सिर्जना गर्ने प्रेरित गर्ने, सिपमुलक तालिम र व्यावसायीक दक्ष जनशक्ति निर्माण गरि उद्यमशिल बनाउने अभियानको लक्ष्य रहेको उहाले बताउनु भयो ।