आजः २०७७ कार्तिक ५, बुधबार

अछाममा ट्याक्टर दुर्घटनामा एकको मृत्यु


अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडीकोटमा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको हो।

सोमबार दिउँसो बालुवा बोकेको से १ त ८३३८ नम्बरको ट्याक्टर दुर्घटना हुदा उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

ट्राफिक प्रहरीका अनुसार अन्य दुई जना घाईते भएका छन्।