आजः २०७७ माघ ६, मंगलवार

समाज सुधार सेवा नेपाल संस्थाको मंगलसेन नगरपालिका वडा नं ३ तिखाडा टोलका बिभिन्न स्थानमा सरसफाई

समाज सुधार सेवा नेपाल संस्थाको आफ्नो गाउँ आफै बनाउँ अभियान अन्तरगत आज मंगलसेन नगरपालिका वडा नं ३ को तिखाडा टोलका बिभिन्न स्थानमा सरसफाई कार्यक्रम गरेको छ ।

संस्थाका अध्यक्ष बसन्त राज भाटको संयोजकत्वमा तिखाडा टोलका बिभिन्न स्थानमा गएर सरसफई कार्यक्रम गरेको हाे।

साथै आजै उक्त टोल रहेको शिव निवास आधारभूत विद्यायालयको परिसरमा पनि सरसफाई गरेको छ । सुन्दर समाज निर्माण गर्ने समाज सुधार सेवा नेपालको मुख्य उदेश्य रहेको संस्थाका अध्यक्ष भाटको भनाई रहेको छ ।

सरसफाई र्कायक्रम मंगलसैन नगरपाकिाका १४ वटै वडामा गरिने अध्यक्ष भाटले जानकारी दिनु भयो । उक्त सरसफई कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष पदम सिंह भाट, संस्थाका सल्लाहकार सदस्य खकेन्द्र भण्डारी ,मदन कुवर, भिम राज भाट , देवु भाट,लगायको बिशेष उपस्थितिमा कार्यक्रम गरिएको वडा न. ३ का उपसमितिका संयोजक नन्द सिंह साउदले जानकारी दिनु भएको छ।