आजः २०७७ माघ ६, मंगलवार

ट्रष्ट एजुकेश्नल सेन्टरले गर्यो सेवा बिस्तार

सुर्खेत,२० पुष ।

पछिल्लो समय विद्यार्थीहरुको रोजाईमा पर्न सफल वीरेन्द्रनगर –६ स्थित ट्रष्ट एजुकेश्नल सेन्टरले अष्ट्रेलिया, क्यानडा र नर्वे जानका लागि भाषा कक्षा सञ्चालन गर्ने भएको छ । २०७१ सालदेखि वीरेन्द्रनगर–६ बुद्धपथबाट विद्यार्थीलाई कोरियन भाषा, विभिन्न कक्षाका टिउसन कक्षा र कम्प्युटर सम्बन्धी तयारी कक्षाहरु सञ्चालन गर्दै आएको ट्रष्ट एजुकेशनले शुक्रबार नयाँ व्यवस्थापनका साथ न्युरोडमा आफ्नो कार्यालय सारेको छ ।

ट्रष्ट एजुकेसन सेन्टरका व्यवस्थापक हरी कँडेलले हालसम्म यही सेन्टरबाटै दुई सय ५० जना भन्दा बढीले कोरियन भाषा पास गरेर गइसकेका बताय । पढेर पनि गाउँमा रहेका बेरोजगार युवाहरुलाई विभिन्न सिपमुलक तालिमहरु सिकाई स्वरोजगार बनाउने उद्देश्यका साथ संस्था लागि परेको व्यवस्थापक कँडेलले बताए । ट्रष्टमा विद्यार्थी, विद्यालय र शिक्षकलाई समेत विभिन्न तालिम तथा सिपहरु सिकाउने गरी विभिन्न विज्ञहरुसँग समन्वय भएको कँडेलको भनाई छ ।