आजः २०७७ माघ ६, मंगलवार

ढकारी गाउँपालिकामा प्रतिगमनका बिरुद्ध बिरोध सभा प्रर्दशन

बसन्ती शाही
ढकारी गाउपालिकामा प्रतिगमनका बिरुद्ध बिरोध सभा प्रर्दशन गरीएको छ । प्रदेश केन्द्र ख का सभापति पुर्ण ब राबलको सभापतित्व भएको बिरोध सभा कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य यूवा नेता बद्री पाण्डे रहनु भएको थियो । ढकारी सैनबजार बजार खुलामञ्च बाट सुरु भएको बिरोध प्रदर्शन ढकारी गाउँलालिका को कार्यलय नजिकै गएर सभामा परिणत भएको थियो । बिरोध सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डेले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट् र प्रधानमन्त्रि केपि शर्मा ओलिले कोराना नियन्त्रण कसरी गर्ने भनेर ढकारी गाउँपालिका अध्यक्ष्य धन बहादुर बुढासँग सिक्नुपर्ने बताउनुभयो ।

नेपालका लोकतन्त्रका लाई जनआन्दोलन भईरहदाँ केपी ओली झ्यालमा बसेर काजु खाएर बसीरहेको आरोप लगाएका छन् ।नेता पाण्डले लोकतन्त्रका लागि देशमा आन्दोलन हुदाँ ओली झ्यालमा बसेर बयालगाडा चडेर अमेरिका पुगिदैन भन्ने गरेको आरोप लगाए । पाण्डले ओली बिगत देखी वर्तमान सम्म प्रतिगमन उन्नमुख भएको बताए ।

एउटा सक्षम राष्टपति र सक्षम प्रधानमन्त्रि बन्न प्रधानमन्त्रि केपि शर्मा ओलि र राष्टपति बिद्या देबि भण्डारी ले रामवरण यादव सँग ३ महिना ट्युसन पढनपर्ने बताउनुभयो । साथै उहाँले कम्युनिष्टलाई कहिलै लोकतन्त्र बनाउन सकिदैन जस्तै गधालाई धोएर गाई बनाउन नसकिने बताउनुभएको छ ।

नेकपाका नेताहरुले देशको नेतृत्व गरिरहँदा कुनै तहका पनि चुनाव हुन नसेकेका उल्लेख गर्दै कांग्रेस नेता पाण्डले बिगतमा कठिन परिस्थितीमा कांग्रेसको नेतृत्वमै देशमा निर्वाचन सम्पन्न भएको बताए ।

आज प्रतिगमनका बिरुद्ध बिरोध सभा प्रर्दशन कार्यक्रममा ११ जना नेपाल कम्युनिष्ट पाटिका कार्यक्रता नेपालि काँग्रेसमा प्रबेश गरेका छन् । आफुले आस्था गरेको पाटि नेपाल कम्युनिष्ट पाटिले देश र जनता लाई दु ख दिने काम गरेको बताए का छन् ।

कार्यक्रममा ,नेपाली कागेस जिल्ला कार्यसमिति अछाम का सभापति भरत कुमार स्वार नेपालि कागेसका पुव पाटि सभापति पुष्प ब शाह , पुर्व माननिय सांसद अंकल बिष्ट , बल बहादुर कुबर ,होम साउँद ,महिला र्सघ कि अनुराधा स्वार कमल बिक टोप बहादुर राबल , लक्ष्मण शाह बानिगढि जयगड गा पा का अध्यक्ष्य राजेन्द्र बोहोरा तुमाखाद गा .पा का अध्यष्य पुष्प राज शर्मा, ढकारी गाउँपालिकाका उपाध्यक्ष्य लक्ष्मि साउद शिक्षक संघ का पदम राज अधिकारी लगायत नेपालि काग्रेस का सम्पुर्ण जनप्रतिनिधि समाजसेबि बुद्धिजिवि पत्रकारहरुको को सहभागिता रहेको थियो ।ढकारी गाउपालिकाका अध्यक्ष्य धन ब बुढा को स्वागत मतव्यबाट सुरु भएको कार्यत्रमको सञ्चालन रबिन्द्र बहादुर शाही ले गनुभएको थियो ।