आजः २०७७ माघ ६, मंगलवार

दुईदिने प्रजनन स्वास्थ शिविर ढकारी मा सम्पन ।।

दुईदिने प्रजनन स्वास्थ शिविर ढकारी मा सम्पन भएको छ । सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ कार्यालय अछामकोआयोजनामा सञ्चालन भएको शिविर मा हिजो आईतबार र आज सोमबार गरी जम्मा करिब ६४५ जनासेवाग्राहि ले सेवा लिएको ढकारी स्वास्थ चौकि का इन्चार्ज सुरत बुढाले जानकारी दिनुभयो ।

जसमध्ये १८९ जनाले भिडियो एक्सरे , १२ जनाले रिङ र्सिभस सेवा , ८ जनाले ईम्प्लान्ट सेवा, २३३ जनाले भि आईए सेवा, ७ जना पोजेटिभ ,र बाकि सेवाग्राहि ले ओ पि टि सेवा लिएको बताउनु भयो ।

सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ कार्यालय अछामकोआयोजनामा ढकारी स्वास्थ चौकिमा सञ्चालन भएको दुई दिने शिविरमा जिल्ला अस्पताल अछामबाट महिला रोग विशेषज्ञ डा. सोनालि बास्कोटा , सुरेश ताम्राकार नसिङमा गंगां बुढा मगर ,शुशिला ढुङ्गाना ,टिका ढुङगाना ,अछाम जिल्ला स्वास्थ कार्यालय प्रमुख जनक राज ढुङगाना ,झपट ढुङगाना , देव जोशि लगायत को सहभागिता रहेको ढकारी स्वास्थ चौकिका ईन्चार्ज सुरत बुढाले जानकारी दिनुभयो ।