आजः २०७७ फाल्गुन १२, बुधबार

सडकका विषयमा वडाध्यक्षमाथि हातपात

सिमकोट: हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उनी सख्त घाइते भउका छन्।

श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लाग्नाका साथै गम्भीर घाइते भएको बताइएको छ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१को कार्यक्रम अनुगमनमा गएको समयमा एक्कासि वडाध्यक्ष थापामाथि ढुङ्गाले हानेर गम्भीर घाइते बनाइएको छ।

वडाध्यक्ष थापाले प्राविधिकको सर्बेविना श्रीनगरको सडक मनपरी ढङ्गले काट्न नहुने भन्दै सम्झाउन खोज्दा आफूमाथि एक्कासि ढुङ्गामुढा भएको बताए। सो घटनामा परी वडाध्यक्ष थापासहित तीनजना घाइते भएका छन्।

घाइते हुने वडाध्यक्ष थापा, स्थानीय दीपक थापा र मक्क थापा गरी तीनजनाको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

यसभन्दा अगाडि साउन २२ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पर्टी(नेकपा)बीच झडप भएको थियो।