आजः ११ कार्तिक २०७८, बिहीबार

हिउँदे अधिवेशन अन्तरगत ढकारी गाउँपालिकाको छैठौं गाउँ सभा सम्पन्न

बसन्ती शाही,अछाम


हिउँदे अधिवेशन अन्तरगत ढकारी गाउपालिकाको छैठौं गाउँ सभा आज सम्पन्न भएको छ । ढकारी गाउँपालिकाका अध्यक्ष धन बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समिति अछामका सदस्य सुरत बहादुर बुढथापा रहनु भएको थियो भने कार्यक्रममा समाजसेवी भक्त बहादुर शाही र तरूण दल जिल्ला अध्यक्ष प्रकाश बहादुर साउद बिशिस्ट अथिति रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती सुरत बहदुर बुढाले सिस्टममा बसेर काम गर्नुपर्ने बताउनु भयो । जनप्रतिनिधि भनेको जनताका सेवक भएकाले जनताको सेवाका लागि काम गर्नु पर्नेमा जोडदिनु भयो । शाझा बिकासका योजनामा छनोट गरि कामगर्न हुन सुझाव समेत दिनुभयो । साथै उत्कृष्ट काम गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई जिल्ला समन्वय समितिले छनोट गरि पुरस्कृत गर्ने जानकारी समेत गराउनु भयो ।

यस्तै कार्यक्रममा ढकारी गाउँपालिका अध्यक्ष धन बहादुर बुढाले गाउपालिकाको बिकासमा सबैले सहयोग गरे गाउपालिकाको बिकास हुने र राम्रो ढकारी बनाउनका लागि सबैको सहयोग गर्नुपर्ने बताउनु भयो । ढकारी गाउँपालिकालाई राम्रो बनाउन आफु सधैभर लागि गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

ढकारी गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटको स्वागत मन्तब्य बाट सुरू भएको कार्यक्रममा ढकारी गाउपालिका वडा नं ५ का वडा सदस्य तिलक साउद,कार्यपालिका सदस्य पार्वती साउद,ढकारी गाउपालिका वडा नं ८ का वडा अध्यक्ष लाल बहादुर भण्डारी,ढकारी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष राम बहादुर बुढा,ढकारी गाउँपालिका वडा ३ का वडा अध्यक्ष महादेव बुढा,ढकारी गाउँपालिका २ का वडा अध्यक्ष नहकुल बहादुर साउद,ढकारी गाउपालिका १ का वडा अध्यक्ष भवानी प्रसाद उपाध्याय,तरूण दल अछामका अध्यक्ष प्रकाश बहादुर साउद, समाजसेवी भक्त बहादुर शाहिले शुभकामना मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रमको संचालन लोकेन्द बोगटिले गर्नु भएको थियो ।