आजः ८ आश्विन २०७८, शुक्रबार

सुदुर पश्चिमेली नेपाली समाज मलेसिया बाट क्यान्सर पिडित मन्सरा बुढालाई आर्थिक सहयोग ।।

बसन्ती शाही,अछाम

विगत लामो समय देखि अछाम जिल्ला ढकारी गाउपालिका वडा नम्बर ६ कि क्यान्सर पीडित मन्सरा कुमारी बुढाको उपचारको लागि सुदुर पश्चिमेली नेपाली समाजलेआर्थिक सहयोग गरेको छ।

सुदुर पश्चिमेली नेपाली समाज मलेसिया बाट सुदुरपशिच्मेली नेपाली समाज का संस्थापक अध्यक्ष टेक ब बुढा को विशेष पहलमा क्यान्सर पिडित बुढा को लागि बिस हजार ९३ रुपैया आर्थिक सहयोग गरेको मनसरा बचाउ अभियान का अभियान्ता भुपेन्द्र बुढाले जानकारी दिनुभएको छ ।

काठमाण्डौको बिर अस्पताल उपचाररत छन् ।हाल क्यान्सर पिडित बुढाको निशुल्क खान बस्नको यवस्था ओएसी सस्थाले व्यहोरेको छ । भुपेन्द्र बुढा ,देबेन्द्र बुढा र दिनेश बिक ले विगत लामो समय देखि क्यान्सर पीडित बुढा को उपचारका लागि मनसरा बुढा बचाउ अभियान संचालन गरेका थिए ।

सुदुर पश्चिमेली नेपाली समाजलाई धन्यवाद दिदै मनसरा बचाउ अभियान का अभियान्ता देबेन्द्र बुढा ले भन्नुभयो हामिलाई विभिन्न ठाउँ बाट विभिन्न ब्यक्तिहरुले आर्थिक सहयोग गर्नु भएको छ ।

सहयोगि सम्पुर्णलाई हृदय देखि आभार प्रकट गर्दछौ। अझै पनि तत्कालै खुट्टाको अप्रेसन गर्नु पर्ने भएकोले आर्थिक अभाव भैरहेको हुदाँ सहयोग गर्न चाहानु भएका व्यक्तिहरुले राष्टिय बाणिज्य बैंकमा रहेको क्यान्सर पिडित बुढाको खाता नं १३१०१०००५९२७४०१०,र मोबाईल नं ९८४३०३६००९ ,भुपेन्द्र बुढाको मोबाईल नं ९८६५६४१५१०र देबेन्द्र बुढाको मोबाईल नं९८६९५५३८०४ मा सम्पर्कगरि सहयोग गरिदिन अनुरोध गरिएको छ