आजः ८ आश्विन २०७८, शुक्रबार

धनगढीमा बस्दै आएका अछामका एक विद्यार्थी ७ दिनदेखि बेपत्ता

धनगढीमा बस्दै आएका अछामका एक विद्यार्थी ७ दिनदेखि बेपत्ता भएका छन् । कैलाली बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत प्रशान्त भण्डारी ७ दिनदेखि बेपत्ता भएको उनका आफन्तले बताएका छन् ।

अछामको मंगलसेन नगरपालिका–११ खिमाडा घर भएका भण्डारी धनगढीको क्याम्पस रोडमा डेरा गरी बस्दै आएका थिए । बेपत्ता भएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रशान्त भण्डारीका आफन्तले कसैले उनलाई कतै देखे अथवा भेटेमा ९८४८६९०८१४, ९८४२१७९२४३ र ९८६८५३८६०८ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।