आजः २०७७ फाल्गुन १२, बुधबार

१० दिने पेशागत क्षमता बिकास तालिम ढकारी मा सम्पन् ।

बाल बिकास शिक्षक हरुका लागि १० दिने पेशागत क्षमता बिकास तालिम ढकारी मा सम्पन् भएको छ । ढकारी गाउँपालिका शिक्षा खेलकुद शाखा ढकारीका प्रमुख टेकनारायण प्रोखेलको अध्यक्ष्यतामा भएको बालबिकास शिक्षकहरुका लागि १० दिने पेशागत क्षमता बिकास तालिमका प्रमुख अतिथि ढकारी गाउपालिका उपाध्यक्ष्य लक्ष्मी साउँद रहनुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै ढकारी गाउपालिका उपाध्यक्ष्य लक्ष्मी साउँद ले बिघार्थिहरुको सिकाईमा बृद्धि सानै बाट हुने भएकाले बिघार्थिलाई यातना नदिई साथी जस्तो भावनामा रमाएर,फकाएर पढाउन तालिममा सहभागी शिक्षकहरूलाई सुझाव दिनुभयो ।

कार्यक्रममा ढकारी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष भवानि प्रसाद उपाध्य प्रमुख अतिथि रहनु भएको थियो। भने अतिथिमा कार्यपालिका सदस्य पार्वति बुढा रहनुभएको थियो । पेशागत क्षमता बिकास तालिम कार्यक्रमको प्रशिक्षक मिना ढुङगानाले गनुभएको कार्यक्रमको सञ्चालन् स्रोत व्यक्ति शिक्षाशाखाका खड्कराज अधिकारीले गनुभएको थियो ।