आजः २०७७ फाल्गुन १२, बुधबार

क्यान्सर पिडित बयक को उपचारका लागि त्रिवेणि युवा क्लब द्धारा ९७हजार बढि आर्थिक सहयोग संकलन ।।

बसन्ती शाही,अछाम


ढकारी गाउपालिका वडा नं २का क्यान्सर पिडित रमेश बयक को उपचारका लागि त्रिवेणि युवा क्लबले ९७हजार २सय २७ रुपैया आर्थिक सहयोग संकलन गरेको छ । बिगत लामो समयदेखि क्यान्सर रोग लागि थला परेका २७ बर्षिय क्यान्सर पिडित रमेश बयक लाई बचाउन का लागि त्रिवेणि युवा क्लब का अध्यक्ष भिमेष रिमाल ,उपाध्यक्ष प्रेम रिमाल लगायतका युवाहरुको सक्रियतामा क्यान्सर पिडित रमेश बयक बचाउ अभियान थालिएको थियो ।यतिबेला क्लबले बजार सहित विद्यालय,सरकारी कार्यलयबाट आर्थिक संकलन गर्ने कार्य जारी राखेको छ । आज छैठौ दिन २५ हजार९ सय ९५ रुपैया आर्थिक सहयोग संकलन गरिएको छ ।

जसमा गुरुकुल माध्यमिक विद्यालयका शिक्षकहरुबाट ४हजार५ सय १५र गुरुकुल माध्यमिक विद्यालयमा अध्यनरत बिधार्थि बाट १हजार ८सय४५ रुपैया आर्थिक सहयोग संकलन गरी गुरुकुल माध्यमिक बिद्यालयका सहायक प्रध्यानाध्यपक प्रेम कुवरले त्रिवेणि युवा क्लबका अध्यक्ष भिमेष रिमाललाई हस्तान्तरण गनुभएको हो ।

यो भन्दा अगाडि गुरुकुल माध्यमिक बिद्यालयका लेखापाल सुरेश बुढाले ५ हजार आर्थिक सहयोग गनुभएको थियो । यस्तै ढकारी गाउपालिकाको शिक्षा शाखामा बसेको शिक्षकहरुको बैठकमा क्यान्सर पिडित रमेशबयकलाई आर्थिक सहयोग गर्ने निर्णय भएसँगै ढकारीगाउपालिकाका बिद्यालयमा कार्यरत शिक्षकहरुको ९ हजार ६ सय आर्थिक सहयोग संकलन गरि ढकारी गाउपालिका खेलकुद बिकास तथा शिक्षा शशाखाका कार्यालय सहयोगि कमल बुढाले क्लबका अध्यक्ष्य भिमेष रिमाललाई हस्तान्तरण गनुभएको क्लबका अध्यक्ष्य रिमालले बताउनुभयो ।यस्तै अभियानकै क्रममा अछाम बहुमुखि क्याम्पस र षोडसा माध्यामिक बिद्यालय का शिक्षक र विधार्थिबाट १ हजार ८ सय १५र मंगलसैन बजारका पसलहरुबाट ८२२० रुपैया आर्थिक सहयोग संकलन गरीएको रिमालले जानकारी दिनुभयो ।क्यान्सर पिडीत बयकको हाल भारतको एआईजि अस्पताल हैदराबादमा उपचार जारी रहेको छ ।

 

उहाँको सहयोगार्थको लागी थालीएको अभियानको छैठौ दिनको अवधिमा ९७ हजार २ सय २७ रुपैया आर्थिक रकम संकलन गरिएको छ । अभियान जारी नै भएकाले संकलीत रकम पिडीत रमेश वयकको खातामा छिटैनै जम्मा गर्ने त्रिवेणि युवा क्लब का अध्यक्ष्य रिमालले बताउनु भयो । आर्थिक अभाब कारण अस्पतालको शैयामा छटपटाईरहेका वयकको उपचारमा सहयोग गरिदिन सबैलाईे त्रिवेणाी युवा क्लब ढकारीका संयोजक भिमेस रिमालले आग्रह गर्नु भएको छ । सहयोगका लागि भिमेष रिमालको सम्पक नं९८४८४०३२७३र लक्ष्मि बैंक मा रहेको त्रिवेणि युवा क्लब का अध्यक्ष्य रिमालको खातम नं ०७७२०००१६५६ मा सम्र्पक गरी सहयोग गरिदिनहुन रिमालले अनुरोध गनुभएको छ ।।