आजः ११ श्रावण २०७८, सोमबार

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर सम्झौता


काठमाण्डौ – हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । बिहीवार ९आज० काठमाण्डौको एक होटलमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अशोक शम्शेर राणा बन्ने पनि सहमति भएको छ ।

मर्जरपछि निक्षेप तीन खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा दुई खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । नयाँ बैंकका एक सय ५२ शाखा हुनेछन् भने २५ सय कर्मचारी रहनेछन् ।