आजः ११ श्रावण २०७८, सोमबार

बालविवाह न्युनिकरणमा अछामका स्थानिय तह सक्रिय

 

निराजन भण्डारी असार १

केही समय पहिले बालबिवाह गर्ने दरको उच्च स्थानमा रहेको अछाम जिल्लामा पछिल्लो समयमा केही नियन्त्रणमा आएको पाइएको छ । जिल्लामा सामाजिक समस्याको रुपमा रहेको बालबिवाह पछिल्लो समयमा केही मात्रमा नियन्त्रणमा आएको पाइएको हो । बाल बालिकाको सोचाइमा केही परिर्वतन आएकाले पनि बालबिवाह गर्ने दरमा केही कमी आएको पाइएको हो । यस्तै अछामका स्थानीय तहहरुले पनि बालबिवाह गर्ने दरमा कमी आएको बताएका छन । जनप्रतिनिधि आइसकेपछि बालबिवाह रोक्तथाम तथा नियन्त्रणको लागि स्थानीय तहहरुले पनि बिशेष पहल गरेको बताउदै आएका छन ।यस्तै ढकारी गाँउपालिकाले पनि बाालबिवाह रोक्तथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यक्रम सञ्नचालन गरेको ढकारी गाँउपालिका उपाध्यक्ष लक्ष्मी साउदले जानकारी  दिनु भएको छ ।

जनप्रतिनिधि आइसकेपछि बालबिवाह रोकथाम तथा नियन्त्रण लागि आफनो पालिकाले विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनु भएको छ । साथै उहाँले बालबिवाह रोकथाम तथा नियन्त्रणका एक्लै पालिकाले मात्रै नियन्त्रण गर्न नसक्ने भएकाले सबै सामाजिक संघ संस्थाहरुले पनि सहयोग गर्नु पर्नेमा जोड दिनु भएको छ ।यस्तै कमलबजार नगरपालिकाले पनि बालबिवाह रोकथाम तथा नियन्त्रणको लागि विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको कमलबजार नगरपालिकाका उपप्रमुख भुमिरण ढकाल बज्गाइले जानकारी दिनु भएको छ ।

साथै उहाँले नगरपालिकाले बिदध्यालयका किशोरी सँग अन्तरक्रिया कार्यक्रम गरिएको उप्रमुख बजगाईले जानकारी दिनुभयो  । यस्तै चौरपाटि गाउपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले बालबिवाहरोकथाम तथा नियन्त्रणको लागि स्थानीय तहहरु र सामाजिक संघ संस्थाहरुले पनि आ आफनो तर्फबाट सकारात्मक जिम्मेवारी बहन गर्न आवश्यक रहेको बताउनुभयो ।साथै उहाले विद्यालयका शिक्षक सँग पनि बिद्यालयका विद्यार्थिलाई वालविवाह रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम गर्न अनुरोध गनुभयो ।