आजः ११ श्रावण २०७८, सोमबार

सिन्धुपाल्चोकमा बेपत्ता हुनेको संख्या ७ पुग्यो, १ जनाको शव फेला

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् ।बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभएको छ।हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताएउनुभएको छ ।