आजः ११ श्रावण २०७८, सोमबार

ढकारी गाउँपालिकाका २४ जना अति बिपन्न एकल महिलाहरुलाई बाख्रा बितरण

उपाध्यक्ष संग एकल महिला कार्यक्रम अन्तरगत ढकारी गाउँपालिकाका २४ जना अति बिपन्न एकल महिलाहरुलाई आज बाख्रा बितरण गरिएको छ । ढकारी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को उपाध्यक्ष संग एकल महिला कार्यक्रम अन्तरगत आज ढकारी गाउँपालिका भित्रका अति बिपन्न एकल महिलाहरुलाई बाख्रा पालन ब्यावसाय मार्फत आत्मनिर्भर बनाउने उदेश्यले एक जना महिलालाई एक बाख्रा गरि जम्मा २४ जना महिलाहरुलाई बाख्रा बितरण गरिएको ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउँदले बताउनु भयो । श्रीमान बितिसकेपछि जिविकोपार्जन गर्न गारो भएका अति बिपन्न महिलाहरुलाई गाउँपालिकाले बितरण गरेका बाख्रापाले आर्थिक रुपमा राहत होस भनेर बाख्रा बितरण गरिएको ढकारी गाउँपालिका उपाध्यक्ष साउँदले रेडियो हाम्रो जाल्पालाई जानकारी दिनु भयो ।