आजः ११ श्रावण २०७८, सोमबार

१४ लाख रुपैयाँसहित २९ जुवाडे पक्राउ

२३ असार, काठमाडौं । कपनमा १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् ।  १४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।

जुवा खालबाट ३० थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।