आजः १७ मंसिर २०८०, आईतवार

पहिरो खस्दा गोरु सिंगे–सन्धिखर्क सडक बन्द

अविरल वर्षाका कारण पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएको छ ।शितगंगा नगरपालिका १२ को बसेरी जङ्गलमा गएको पहिरोले आज बिहीवार बिहानदेखि गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० अम्मर थापाले बताउनुभयो ।

सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडी बीच बाटोमै रोकिएका छन् । सडक सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।