आजः ११ श्रावण २०७८, सोमबार

नरेन्द्रको तिज गीत ‘मेरी माया जुन भन्दा उजेली’ (भिडियोसहित)

काठमाडौँ ।  गायक नरेन्द्र मल्ले ‘मेरी माया जुन भन्दा उजेली’ बोलको तीज गीत ल्याएका छन्  मल्लले बुधबार आफ्नै (नरेन्द्र मल्ल अफिसियल) युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका छन् ।
गायक मल्लको आफ्नै शब्द तथा संगीत रहेको गीतमा राखी मल्लले स्वरमा साथ दिएकी छन् । गीतमा आफ्नो मायालुुको बयान गर्दै प्रेम ब्यक्त गरेको बिषयलाई दर्शाइएको छ ।
विक्रम चौहानको निर्देशनमा तयार पारिएको भिडियोमा चक्र बम अनु पराजुली र पिलिजा नानुको अभिन तथा नृत्यलाई देख्न सकिन्छ ।
तिज आउन अझै एक महिना भन्दा बढि समय भए पनि तिजका गीतहरुले अहिले बजार छाईरहेका छन् । बजारमा बिस्तारै तिजको रौनक बढिरहेको छ ।  तिज भन्ने बित्तिकै बिषेश गरेर महिलाहरुको पर्वको रुपमा लिने गरिन्छ ।
 हिन्दु महिलाको महानपर्व हरितालिका तीजमा वर्षभरीको दुख, पिर र व्यथालाई भुलेर रमाउने नाच्ने र माइतीघरमा गएर मनको बह पोख्ने गरिन्छ ।
तीजमा धेरै गीतहरु बजारमा आउने गर्छन् तर विगतको वर्षदेखि कोरोना महामारी र यसको नियन्त्रण, रोकथामका लागि पटकपटक हुँदै आइरहेका बन्दले गर्दा गीत बजारमा आउनेक्रम केहि कम भएपनि रोकिएका भने छैनन् ।