आजः ११ श्रावण २०७८, सोमबार

कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा पुगेको छ । छानबिन समितिका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।जिल्लाबाट पठाएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया अन्तिम अवस्थामा पुर्याएको उहाँको दाबी छ ।

७७ मध्ये ७५ जिल्लाको काम सकिएको र अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको पौडेलले जानकारी दिनुभयो ।पार्टीको १४ औँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको प्रवेश भएको उहाँको भनाइ छ । तर यसमा कतिपय सदस्य उजुरीका आधारमा हट्ने र केही वडामा थपिन पनि सक्ने पौडेलले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुन सक्ने अनुमान छ ।छानबिन समितिका सदस्य पौडेलले अबको ३र४ दिनमा क्रियाशील सदस्यको हार्डकपीु बुझाउने गरी तयारी भैरहेको पनि जानकारी दिनुभयो । सहमति र मापदण्ड दुवैबाट नटुंगिएकालाई पदाधिकारीमा पठाइएको र यसरी पठाउने वडाको संख्या ७० भन्दा बढी रहेको नेता पौडेलको भनाइ छ ।