आजः ११ श्रावण २०७८, सोमबार

जेसीबी दुर्घटनामा ढकारी गाउँपालिका २ का राम बहादुर साउदको मृत्यु

जेसिवी दुर्घटना हुँदा अछाम जिल्ला ढकारी गाउँपालिका वडा नम्बर २ का राम बहादुर साउदको घटना स्थलमै ज्यानगएको छ । साथै अन्य २ जना घाइते भएका छन् ।
अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ देखि ठाटीखाँद तिर जाँदै गरेको नम्बर नखुलेको जेसिवी एक्कासि सडकबाट ६०÷७० मिटर तल खस्दा जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर २ का राम बहादुर साउदको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिनुभयो ।


दुर्घटनामा परि सहचालक र एक जना सवार घाइते भएका हुन् । घाइते सवार व्यक्तिको ठेगाना भने नखुलेको प्रहरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल मंगलसेनमा उपचारका लागी ल्याइएको छ । चालक भने फरार रहेका छन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।