आजः ११ श्रावण २०७८, सोमबार

विपीले देखाएको बाटो आत्मासाथ गर्नसक्नु अहिलेको कांग्रेसजनको आवश्यक्ताः सिंह


नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले विपीले देखाएको बाटो आत्मासाथ गर्नसक्नु अहिलेको कांग्रेसजनको आवश्यक्ता भएको बताउनुभएको छ ।३९ औं विपी स्मृतिका अवसरमा सामाजिक सञ्जालमा श्रद्धाअञ्जली अर्पण गर्दै नेता सिंहले विपीको राजनीतिक योगदानको स्मरण गर्नुभएको छ ।

नेता सिंहले विपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने विषयलाई वर्तमान कांग्रेस नेतृत्वले आत्मासाथ गर्नुपर्ने बताउनुभयो ।

नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि विपीले गरेको योगदान स्मरणीय भएको भन्दै उहाँले आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातान्त्रकाप्रति उहाँको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुँने उल्लेख गनुभएको छ ।

साथै उहाँले मुस्लिम धर्मावलम्बीहरूको महान चाड इदका अवसरमा सबै मुस्लिम समुदाय तथा आम नेपाली समूदायमा शुभकामना ब्यक्त गर्नुभएको छ ।