आजः ११ श्रावण २०७८, सोमबार

अछाममा भालुको आक्रमणबाट एक जना घाइते

निराजन भण्डारी
साउन ६ अछाम
अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन । कमलबजार नगरपालिका वडा नः ६ डुप्केका देबिराम ढकाल घाइते भएका हुन । उनी बुडा खोला सामुदायक वनका वनरक्षक समेत रहेका छन । वनको हेरचाह गर्न गएको बेला भालुले आक्रमण गरेको स्थानीय भानुभक्त ढकालले बताउनु भयो ।

भालुको आक्रमण बाट उनको मुख ,हात , र खुट्टामा चोट लागेको उहाँले बताउनु भयो। दिउँसो १ बजेको समयमा भालुले आक्रमण गरेको पनि उहाँले बताउनु भयो। भालुको आक्रमणबाट घाइते भएका ढकालको अहिले जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ । उनको अवस्था अहिेले सामान्य रहेको पारिवारिक सो्रतले जनाएको छ ।