आजः ८ आश्विन २०७८, शुक्रबार

कैलालीमा ट्याङ्कर दुर्घटना

कैलालीमा ट्याङ्कर दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका (१ मनहरा पुल नजिक ना ७ ख २७४९ नम्बरको खाली ट्याङ्कर दुर्घटना भएको प्रहरीले बताएको छ।दुर्घटनामा चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका (१ का २३ वर्षीय पुरन देउवा र सह चालक २१ वर्षीय नवीन मल्ल घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरु दुवै जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। प्रहरीका अनुसार ट्याङ्कर सडकबाट १० मिटर तल खसेको थियो। दिनेश खबर