आजः २०७७ मंसिर १४, आईतवार

ढकारी गाउँपालिकाका विद्यालयहरुले रेडियो मार्फत रिजल्ट प्रकाशन गर्न सुरु

नारायण जोशी,अछाम – ढकारी गाउँपालिकाका विद्यालयहरुले रेडियो मार्फत रिजल्ट प्रकाशन गर्न सुरु गरेका छन । देशभर लकडाउन अर्थात बन्दावन्दिका कारण विद्यालयहरुले रेडियो मार्फत रिजल्ट प्रकाशन गर्ने जनाएका छन ।

सरकारले जारी गरेको लकडाउन अर्थात निशेधज्ञाको कारण विद्यालयबाट रिजल्ट प्रकाशन गर्दा भिडभाड बड्ने हुदा बिधार्थीहरुको रोल नम्बरका आधारमा रेडियो मार्फत रिजल्ट प्रकाशन गर्न लागिरहेका छन ।

यसै अन्तरगत आज ढकारी गाउँपालिका वडा नं ३ मा रहेको गौरी शंकर आधारभुत बिधालयले रेडियो हाम्रो जाल्पा बाट कक्षा १ देखि ८ सम्मको परीक्षाफल सार्वजनिक गरेको छ । ढकारी गाउँपालिका वडा नं ३ मा रहेको गौरी शंकर आधारभुत बिधालयले गत फागुनमा लिएको शैक्षिक सत्र २०७६ को बार्षिक परीक्षाको कक्षा १ देखि ८ सम्मका जम्मा १ सय ६३ बिधार्थीहरुकोे परीक्षाफल प्रकाशन गरेको हो ।

गत वर्ष फागुनमा परीक्षा सम्पन्न गरेका विद्यालयले चैतमा नतिजा सार्वजनिक गर्ने र वैशाखमा विद्यार्थि भर्ना लिने गरेका भए पनि यो वर्ष लकडाउनका कारण हालसम्म विद्यालय सञ्चालनमा नआउँदा पढाइमा समस्या हुने गरेको विद्यालयले जनाएका छन् ।