आजः १९ मंसिर २०७८, आईतवार

नेपाल निजामती कर्मचारी युनियन ढकारी गाउँपालिकाको अध्यक्षमा बोगटी चयन

निराजन भण्डारी

१९ असोज,  अछाम । नेपाल निजामती कर्मचारी युनियन ढकारी गाउँपालिका स्तरीय कार्यसमितिको गाउँ सभा ढकारी गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यसमितिका संयोजक लोकेन्द्रबहादुर बोगटीको अध्यक्षतामा भएको भेलाले पुनःबोगटीको अध्यक्षतामा १३ सदस्यीय गाउँ कार्यसमितिको नयाँ नेतृत्व चयन गरेको हो। जसको उपाध्यक्षमा पदमबहादुर बुढा र राजेश्वरी शर्मा ,सचिवमा सुरतबहादुर बुढा, कोषध्यक्षमा दीपेन्द्रबहादुर शाही सदस्यमा राजेन्द्र भाट ,कृष्णप्रसाद देवकोटा, चाँदनी चन्द, प्रदिपकुमार बिक, झंकरबहादुर बुढा, प्रेमबहादुर साउद, तपेन्द्रबहादुर रावललगायतका सदस्य चयन गरिएको छ । यस्तै पाँच सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ।

सल्लाहकार समितिको संयोजकमा लक्ष्मण शाह सदस्यमा चक्रबहादुर साउद ,मदनबहादुर कुँवर , राजकुमार खड्का ,स्मृती साउदलगायतका सदस्य रहेका  छन् । गाउँ सभाको प्रमुख अतिथिमा ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढा रहनुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै बुढाले निजामती कर्मचारी युनियन संघले निजामती प्रशासनलाई सुदृढ सक्षम, मर्यादित, जिम्मेवारी र गतिशिल बनाउन अहम् भूमिका खेल्नु पर्ने बताउनुभएको छ ।

निजामती सेवालाई राजननीतिबाट सदैव तठस्थ राखी कर्मचारीहरुको विशुद्ध पेशागत हक र सम्बद्र्धन गर्न नेपाल सरकारलाई सहयोग गर्नु पनि निजामती कर्मचारी युनियनको दायित्व भएको पनि उहाँले बताउनु भएको छ । यस्तै भेलाको विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाल निजामती कर्मचारी युनियन अछामका अध्यक्ष झपटराज ढुङगानाले निजामती प्रशासन सवल, सक्षम, जनमुखी, जवाफदेही र लोकतान्त्रिक बनाई राज्यतर्फबाट नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई व्यावस्थित र प्रभावकारी बनाउन निजामती कर्मचारी युनियनको पनि महत्वपूर्ण भूमिका रहने गरेको पनि बताउनु भएको छ ।

यस्तै ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउदले कर्मचारीहरुलाई आफनो कार्य प्रति उत्प्रेरित गराउन र निजामती कर्मचारीको हक हितको लागि आवाज उठाउन संगठनको महत्वपूर्ण जिम्मेवारी भएको पनि बताउनुभएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य एवम रेडियो हाम्रो जाल्पाका कार्यकारी निर्देशक धर्मेन्द्र बीसी ,कर्मचारी हकहितका कृष्णप्रसाद देबकोटा ढकारी गाउँपालिका वडा नं ४ का अध्यक्ष भक्तबहादुर बुढा, नेपालली कांग्रेस ढकारी गाउँकार्य समितिकाका उपसभापति पदमबहादुर बुढालगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपेन्द्र रावलको स्वागत मन्तव्यबाट सुरू भएको सभाको सञ्चालन निजामती कर्मचारी युनियनका सदस्य चक्रबहादुर साउदले गर्नुभएको थियो ।